प्रतिकात्मक तस्बिर
गाेरखा । चेक अनादर मुद्दाका फरार प्रतिवादी गाेरखा ताकुमाँझ लाकुरी बाेटका १ जना यूवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने गाेरखा, सुलिकोट गाउँपालिका-५ ताकुमाँझ लाकुरीबाेटका ४० वर्षीय अशोक थापालाई प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसलाले बिगो वापत २ वर्ष कैद सजाय ठहर भएपछी फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीकाे टाेलीले ललितपुर गोदावरी नगरपालिका-१३ सन्तानेश्वर मन्दिर नजिकबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


