गाेरखा । गाेरखा सदरमुकामकाे १५ किलाे माेडमा माइक्राे बस दुर्घटना हुदा ९ जना घाईते भएका छन । नवलपुरबाट गाेरखा घुम्न आएका उनीहरु फर्कने क्रममा माेडमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
शनिबार दिउसाे भएकाे उक्त घटनामा परी नवलपुर,देवचुली नगरपालिका-२ बस्ने वर्ष ३७ की तारा माया गाहा , ४५ की सरस्वती अधिकारी, ५७ की जित कुमारी ढुङ्गाना, ४८ की थम कुमारी महत, ४७ की धन कुमारी पोख्रेल, ५५ को राजन रेग्मी, वडा नं. ४ बस्ने बर्ष ५८ की सुकमाया बराम, वडा नं. ५ बस्ने बर्ष ४० की सन्त माया सुनार रवडा नं. ५ बस्ने बर्ष ४५की रिता थापा क्षेत्री भएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।
घाईते सबैकाे अवस्था सामान्य रहेकाे छ । घाईते सबैलाइ शरिरीकाे विभिन्न भागमा चाेट लागेकाे छ । सबैकाे गाेरखा अस्पतालमा उपचार पछी घर फर्किएका छन् ।
ध १ ख ४६२ नं. को माईक्रोमा १६ जना मानिसहरु सवार भएको प्रहरीले जानकारी दिएकाे छ । घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


