प्रतिकात्मक तस्बिर
गोरखा । बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी गोरखा बुंकोटका १ जना यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शहिदलखन गाउँपालिका–८ बुङकोट घर भएका ३० वर्षीय समिर राज वाग्ले भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने वाग्लेलाई जिल्ला अदालत काठमाडौंबाट गत वैशाख १४ गते पक्राउ अनुमति लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–९ गौशालाबाट बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका वाग्लेलाई आवश्यक अनुसन्धान र कारवाहीको लागी प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।




















