साँकेतिक तस्बिर
गोरखा । वैदेशिक रोजगारीको सिलशिलामा अजरबैजान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले गोरखाका १ जना यूवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धार्चे गाउँपालिका–५ गुम्दाका सुरेश गुरुङ भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेको हो ।
राजधानीको तारकेश्वर नगरपालिका–३ बस्दै आएका गुरूङले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
पिडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीहरुको टोलीले गुरुङलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।


