काठमाडौं । साताकाे छैठाैं दिन आज नेपाली बजारमा सुनकाे भाउ ताेलामा ८०० रुपैयाँले घटेकाे छ ।
बिहीबार ताेलाकाे १ लाख ९५ हजार ५०० रुपैयाँमा काराेबार भएकाे सुन शुक्रबार ताेलामा ८०० रुपैयाँले घटेर प्रति ताेला १ लाख ९४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी हिजाे चाँदी प्रतितोला २ हजार २०० रुपैयाँमा काराेबार भएकाेमा आज ताेलामा ५० रुपैयाँले घटेर ताेलाकाे २ हजार १५० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



