काठमाडौं । साताकाे पाँचाैं दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
बुधबार ताेलाकाे १ लाख ९५ हजार ९०० रुपैयाँमा काराेबार भएकाे सुन ताेलामा ४०० रुपैयाँले घटेर प्रति ताेला १ लाख ९५ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी हिजाे चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा काराेबार भएकाेमा आज ताेलामा २५ रुपैयाँले घटेर ताेलाकाे २ हजार २०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



