काठमाडौं । साताकाे पहिलाे दिन नेपाली बजारमा सुनको भाउमा सामान्य बृद्धि भएकाे छ ।
सुन ताेलामा ४०० रुपैयाँले बढेसंगै आइबार प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी चाँदी गत हप्ताकाे शुक्रबारकै तुलनामा प्रतितोला २ हजार १६५ रुपैयाँमा काराेबार भएकाे छ ।



