गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित ढोडेनी–सौरपानी सडकखण्ड अन्तरर्गत पर्ने धुन्चोकटार–सौरपानी सडकखण्ड स्तरोन्नतीका लागि केही दिन यातायात सञ्चालनमा प्रतिबन्ध लगाएकाे छ ।
गाउँपालिकाको वडा नम्बर ४ पर्ने सो सडक स्तरोन्नतीका लागि सडक ढलानको काम अघि बढाउन आजदेखि यातायात आवागमन पूर्णरुपमा प्रतिबन्धन लगाएकाे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
सडक ढलानको काम सम्पन्न नहुँदासम्म उक्त सडकखण्ड भएर सञ्चालन हुने सवारी साधनलाई बैकल्पिक बाटाे प्रयोग गर्न अनुरोध गरिएको उनले बताए । ढलानको काम शुक्रबारदेखि सुरु गरिएको हाे ।
बर्खाका बेला सवारी साधन सञ्चालनमा समस्या आउने भएकाले गाउँपालिकाले सडक निर्माणको कामलाई तत्काल अघि बढाएको अध्यक्ष भट्टको भनाई छ । निर्माण कार्य सम्पन्न भएसँगै सडक सुचारु गरिने उनले जानाकारी दिए ।


