गोरखा । साता दिन अगाडी सुरु भएको ‘प्रदेश स्तरीय ट्राफिक सप्ताह–२०८२’ आज एक समारोह बिच समापन गरिएको छ ।
गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कास्की र गोरखा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जेठ २५ गतेदेखी ‘प्रदेश स्तरीय ट्राफिक सप्ताह’ सुरु भएको थियो ।
सप्ताह समापन गरिनु पूर्व जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरिक्षक राजेन्द्र पौडेलले सप्ताह भरी गरिएका विभिन्न कार्यक्रमको बारेमा जानाकारी गराएका थिए ।
उनले यो अवधिमा जिल्लाभर २४६ वटा कार्यक्रम गरेको र त्यसबाट ७ हजार ३०८ जना लाभान्वित भएको पनि जानाकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भरत बहादुर बि.क.को अध्यक्षता र प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा जेष्ठ नागरिक संघका केन्द्रिय महासविच मोहन लाल श्रेष्ठ, पृथ्वी राजमार्ग बस संञ्चलक कम्पनी प्रालि क्षेत्रिय संयोजक प्रतिनिधी राम भट्ट र सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष राम हरी केसी खत्रीले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।
सप्ताहभरी स्वयंम सेवक परिचालन गरेर प्रशिक्षण दिनुका साथै ग्रामिण क्षेत्र लक्षित कार्यक्रम, सडक प्रयोग कर्ताहरुलाई प्रशिक्षण, जिल्ला भित्र चल्ने सवारी साधनका चालक र सह–चालकहरुलाई प्रशिक्षण र स्वास्थ्य परिक्षण जस्ता कार्यकम गरिएको थियो ।
सप्ताह अन्तरर्गत आजै साँझ सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन गरी कार्यक्रम रहेको पनि प्रनानी पौडेलले जानाकारी दिए ।
तस्बिर : प्रबिन बस्नेत


