गोरखा । जेष्ठ नागरिक संघको केन्द्रिय महासचिवमा गोरखा सदरमुकामका मोहन लाल श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
चितवनको भरतपुरमा हालै सम्पन्न ११औं महाधिवेसनमा श्रेष्ठ निर्विरोध महासचिवमा चयन भएका हुन् ।
गोरखा नगरपालिका–६ कालिमाटी निवासी श्रेष्ठ यस अघि केन्द्रिय सदस्य थिए । उनी हाल जेष्ठ नागरिक संघ गोरखाका बर्तमान अध्यक्ष समेत हुन् ।
३ बर्षे कार्यकाल हुने केन्द्रिय समितिको अध्यक्षमा भने सुर्य प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
जेष्ठ नागरिक संघले देशैभरका जेष्ठ नागरिकको हक अधिकारको सवालमा सरकार संग लविङ गर्दै आएको छ ।


