गोरखा । नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा गृह मन्त्री एव नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुने बताएका छन् ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपा: गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनकाे उद्घाटन गर्दै श्रेष्ठले भने, ‘ हामीले आफ्नो पहिचानलाई गर्वबोधका साथ लिन र हाम्रो भाषा, संस्कृति र परम्पराको रक्षा गर्नलाई अगाडि बढ्न आवश्यक छ । त्यसमा हीन्ता ग्रन्थिको सिकार बन्नुहुन्न’ उनले भने ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नुपर्छ र नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ ।’
गृह जिल्ला गाेरखा आएका श्रेष्ठले सदरमुकाममा भएकाे कार्यक्रममा बाेल्दै ‘हामी अन्तर्राष्ट्रियतावादी हौं, मानवतावादी हौं ! हाम्रो पहिचानको कुराकानी गर्दा नेपाल र नेपालीको भावनालाई कमजोर गर्ने भनेको होइन ! सबैको पहिचान र अधिकार स्थापित गरियो र सबैमा समान अधिकार सहितको एकताको भाव बलियो हुन्छ’ उनले भने ‘ पालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता बलियो हुन्छ र नेपालीको राष्ट्रियता बलियो हुन्छ ।’
श्रेष्ठले लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको भन्दै सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने कुरा बताए ।


