गोरखा । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः को गोरखा अध्यक्षमा पुनः लाल प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
मोर्चाको आज गोरखा सदरमुकाममा भएको जिल्ला कार्य समितिको तेस्रो जिल्ला भेलाले अध्यक्षमा पुनः श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।
सोही भेलाले उपाध्यक्षमा गणेश कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा लिला श्रेष्ठ, सचिवमा साधु राम श्रेष्ठ, कोषाध्यक्षमा राम मायाँ श्रेष्ठ र सह–सचिवमा निर्मल श्रेष्ठलाई चयन गरेको छ ।
सदस्यहरुमा जुद्व रत्न श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, कृण्ण बहादुर श्रेष्ठ, विण्णु प्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, अमृत श्रेष्ठ, पार्वती श्रेष्ठ, पूर्ण बहादुर श्रेष्ठ, राम बहादुर श्रेष्ठ, यदु कुमार श्रेष्ठ, बिमला श्रेष्ठ, उदय श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, डोल मान श्रेष्ठ, हरी बावु श्रेष्ठ र रेशम लाल श्रेष्ठ समेत सर्व सम्मत रुपमा चयन भएका छन् ।
भेलाको नेपाल सरकारका पूर्व उप–प्रधान तथा गृह मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
प्रमुख अतिथी समेत रहेका उनले नेवार समुदायको उत्थानका लागी नेवार समुदायले नै पहल कद्मी लिनु पर्ने बताए ।
कार्यक्रममा नेवाः मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष उमेश स्थापित, माओवादी केन्द्र गोरखाका ईन्चार्ज अमर तमु, जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृण्ण बहादुर थापा मगर, नेवाः मोर्चाका केन्द्रिय सदस्य रमेश कुमार श्रेष्ठ, धर्म देव महर्जन, माओवादी केन्द्र गोरखाका छम बहादुर गुरुङ, कमला नहर्की, नेवाः मुक्ति मोर्चाका प्रदेश सदस्य कृण्ण बावु श्रेष्ठ, माओवादीका नगर कमिटी अध्यक्ष रामहरी केसी तथा गोरखा नगरपालिका ६ का वडाध्यक्ष दिलिप जोशी समेतको उपस्थिती रहेको थियो ।




















