गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखामा आज बिहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ट्राफिक सप्ताहको अवसरमा कार्यालय परिषरमा रक्तदान कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानाकारी दिए ।
उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना र नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम राखिएको हो ।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीका १० जना जवानहरुले रक्तदान गरेका थिए ।
६ जना ट्राफिक प्रहरी, ३ जना सशस्त्र प्रहरी र १ जना नेपाल प्रहरीका जवानहरुले रक्तदान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
संक्लित सबै रगत रक्त सञ्चार केन्द्र गोरखामा पठाइएको छ ।
रक्तदानमा सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बि.क. र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाका सभापती भिमसेन काजी बानियाँले प्रमाण–पत्र प्रदान गरेका थिए ।




























