काठमाडौं । साताकाे छैंठाै दिन नेपाली बजारमा सुनको भाउ एकै दिनमा ४ हजार २०० रुपैयाँले बढेकाे छ ।
सुनकाे भाउ ताेलामा ४ हजार २०० रुपैयाँले बढेसंगै शुक्रबार प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी चाँदी पनि ताेलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार १६५ रुपैयाँमा काराेबार भएकाे छ ।




















