गोरखा । हिजो सम्पन्न निर्माण ब्यवसायी संघ गोरखाको निर्वाचनमा पुनः सुर्यबहादुर भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् ।
भण्डारीले उनको प्रतिद्वन्दी राजु लामिछानेलाई झिनो मतले पछी पार्दै अध्यक्षमा बिजयी भएको हो ।
भण्डारीले ११५ मत पाउदा उनका प्रतिद्वन्दी लामिछानेले १०२ मत पाएका थिए । १३ मतान्तरले भण्डारी दोस्रो कार्य कालको लागी अध्यक्ष निर्वाचित भएका हुन् ।
२५४ सदस्य रहेको संघमा बिहीबार सम्पन्न निर्वाचनमा २३३ मत खसेको थियो ।
२६औं बार्षिक साधरण सभा तथा ११औं अधिवेसनबाट भोला मरहट्टा, किरण श्रेष्ठ, सुबास तामाङ, दिनेश तमु, देवराज गुरुङ, पर्बत राज खड्का, सबिनराज बस्नेत, सोवित श्रेष्ठ, उमेश अर्याल, सुरेन्द्र बस्नेत, तारा बहादुर खड्का सदस्यमा निर्वाचित भएका छन् ।
आउदो सोमबार बस्ने पहिलो बैठकमा पदाधिकारीहरुको जिम्मेवारी तोकिने नवनिर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिए ।




















