काठमाडौं । साताकाे पाँचाैं दिन नेपाली बजारमा सुनको भाउ बढेकाे छ भने चाँदीकाे घटेकाे छ ।
सुनकाे भाउ ताेलामा १ हजार ६०० रुपैयाँले बढेसंगै बिहीबार प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार सुन ताेलाकाे १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी चाँदी भाउ भने घटेकाे छ । चाँदी बुधबारकाे तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर २ हजार १५० रुपैयाँमा काराेबार भएकाे छ ।




















