काठमाडौं । साताकाे चाैंथाे दिन नेपाली बजारमा सुनको भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ ।
सुनकाे भाउ ताेलामा १ हजार ३०० रुपैयाँले बढेसंगै बुधबार प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मगलबार सुन ताेलाकाे १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी चाँदी भाउ भने स्थिर हरेकाे छ । चाँदी मंगलबारकै तुलनामा प्रतितोला २ हजार १६५ रुपैयाँमा काराेबार भएकाे छ ।



