प्रतिकात्मक तस्बिर
गाेरखा । लागूओैषध सहित गाेरखा मिरकाेटका १ जना युवकलाई तनहुँ प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा गाेरखा पालुङटार नगरपालिका-१० मिरकाेट घर भई हाल कास्की जिल्ला पाेखरा महानगरपालिका-९ न्यूराे८ बस्ने बर्ष २५ का दिनेश श्रेष्ठ भएकाे ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले पुष्टी गरेकाे हाे ।
श्रेष्ठलाई साेमबार साँझ चितवनकाे मुग्लिन र तनहुँकाे सिमानामा रहेकाे मुग्लिन पुलजिपबाट ६ किलाे २०० ग्राम गाँजा सहित ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएकाे छ ।
काठमाडाैंबाट गाेरखा तर्फ आउदै गरेकाे ग. २ ख १६१९ नम्बरकाे माईक्राे बसमा चेक जाँच गर्दा श्रेष्ठकाे साथमा रहेकाे उक्त परिमाणाकाे गाँजा सहित उनलाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले श्रेष्ठलाई लागूओैषध काराेबारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।


