गाेरखा । पाेखराकाे बेगनास तालमा पाैडी खेल्ने क्रममा बेपत्ता भएका गाेरखा मनकामनाका १ जना मृत फेला परेका छन् ।
मृत फेला पर्ने पुरुष शहिदलखन गाउँपालिका-३ मनकामनाका ४३ बर्षिय राजेश श्रेष्ठ भएकाे कास्की प्रहरीले पुष्टी गरेकाे हाे ।
जेठ २५ गते आइतबार साँझ माँझीकुना तर्फबाट पाैडी खेल्न बेगनास गएका श्रेष्ठकाे मृत शरिर सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर टाेलीले साेमबार बिहान १० बजे ३५ फिट गहिराईबाट निकालेकाे सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
बेपत्ता श्रेषंठकाे हिजाेदेखी नै खाेजी भएकाे भएता पनि आज बिहान मात्र फेला परेकाे हाे ।


