गाेरखा । काठमाडाैंबाट गाेरखा आउदै गरेकाे माईक्राे बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी माईक्राेमा सवार ५ जना घाईते भएका छन् ।
काठमाडौंबाट गोरखाको लागी आएकाे बा ३ ख १६३० नम्बरको माइक्रो गजुरी गाउँपालिका-५ गलौदीमा दुर्घटना भएकाे धादिङ प्रहरीले जनाएकाे हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी सुवास हमालका अनुसार माइक्रो अनियन्त्रित भएर नालीमा खसेको छ ।
दुर्घटनामा तनहुँको बन्दिपुर गाउँपालिका-४ बस्ने ४६ वर्षीय सुकमाया परियार, आबुखैरेनी-१ बस्ने १८ वर्षीय मन्जु परियार, माइक्रोका सहचालक तनहुँको भानु नगरपालिका-८ बस्ने बर्ष २५ वर्षीय कृष्ण परियार, गोरखाको पालुङटार नगरपालिका-५ का १७ वर्षीय सक्षम राजभाट र लमजुङको राइनस गाउँपालिका-६ का ७० वर्षीया हरिमाया परियार घाइते भएका छन् ।
घाइतेहरुको अवस्था सामान्य रहेको पनि प्रनाउ हमालले जानकारी दिए । घाईते सबैकाे प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार जारी छ ।
माइक्रो चालक लमजुङको राइनस गाउँपालिका-६ का ३७ वर्षीय ज्ञानमान श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।


