गोरखा । गोरखा सदरमुकाममा आजदेखी प्रदेश स्तरीय ट्राफिक सप्ताह कार्यक्रम सुरु भएको छ ।
गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कास्की र गोरखा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले भोलीदेखी ‘प्रदेश स्तरीय ट्राफिक सप्ताह’ सुरु भएको प्रहरी नायव निरिक्षक राजेन्द्र पौडेलले बताए ।
सप्ताहको पहिलो दिन आज सदरमुकाममा रहेको खेलकुद मैदानदेखी पञ्चे बाँजा सहितको प्रभात फेरी निकालिएको थियो । प्रभात फेरीले लोकतान्त्रिक चोक, शक्तिचोक हुदै बजारको विभिन्न भाग परिक्रममा गरेर जिल्ला समन्वय समितिको सभा हलमा आएर टुगिंएको थियो ।
प्रभात फेरीमा ब्रह्मा कुमारी ईश्वरीय बिश्व बिद्यालय, सदरमुकामका विभिन्न स्कुलका साथै, सामाजिक संघ संस्थाहरु, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सर्व साधारण र नेपाल स्काउटको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो दिन जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले शक्ति माध्यामिक बिद्यालयका १ जना छात्रालाई हेलमेट लगाईदिएर कार्यक्रमको सुरुवात भएको जानकारी गराएका थिए ।
जेठ २५ गते आइतबारदेखी सुरु भएको सप्ताह जेठ ३१ गते शनिबार विशेष कार्यक्रम सहित समापन हुने छ ।
प्रनानी पौडेलका अनुसार सप्ताह भरी स्वयंम सेवक परिचालन गरेर प्रशिक्षण दिने, ग्रामिण क्षेत्र लक्षित कार्यक्रम, सडक प्रयोग कर्ताहरुलाई प्रशिक्षण, जिल्ला भित्र चल्ने सवारी साधनका चालक र सह–चालकहरुलाई प्रशिक्षण र स्वास्थ्य परिक्षण तथा जिल्ला भित्र क्रियाशिल सञ्चारकर्मीहरु संग अन्तक्रिया सहित ३१ गते सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सम्झनामा साँझ दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिएको पनानी पौडेलले जानाकारी दिए ।


