काठमाडौं । साताकाे पहिलाे दिन नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
सुनकाे भाउ घटेसंगै आइतबार प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो साताकाे शुक्रबार सुन ताेलाकाे १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी चाँदी ताेलामा ५ रुपैयाँ घटेर प्रतितोला २ हजार १४५ रुपैयाँमा काराेबार भएकाे छ ।



