गाेरखा । गाेरखा सदरमुकाममा आजदेखी ‘प्रदेश स्तरीय ट्राफिक सप्ताह’ सुरु भएकाे छ ।
बिहान सदरमुकामकाे खेलकुद मैदानबाट सुरु भएकाे र्यालीले बजारकाे विभिन्न भाग परिक्रममा गरेर उद्घाटन कार्यक्रममा सहभागी भएकाे हाे ।
र्यालीमा पञ्चेबाजा, ब्रह्मा कुमारी ईश्वरीय विश्व बिधालय, नेपाल स्काउट, स्कुलका बिधार्थी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै सर्व साधारण र सराेकारवाल निकायहरुकाे सहभागिता रहेकाे थियाे ।





















