गोरखा । नेपाल कम्यूनिष्ट पार्टी (माआवादी) केन्द्रको योङ कम्युनिस्ट लिगको नयाँ नेतृत्वमा गोरखाका १० जना युवाहरु सर्वसम्मत चयन भएका छन् ।
योङ कम्युनिस्ट लिगका राजधानीमा आज भएको तेस्रो राष्ट्रिय सम्मेलन बाट उपाध्यक्षमा सुदिप नगरकोटी र प्रेम श्रेष्ठ चयन भएका हुन् ।
सम्मेलनबाट केन्द्रीय सचिबालय सदस्य लक्ष्मी रम्तेल, सुनिल मगर तथा केन्दिय सदस्यहरु सागर श्रेष्ठ, सुबास तामाङ्ग, मिरा उपरकोटी र नर बहादुर गुरुङ्ग चयन भएका छन् ।
त्यस्तैगरी, लेखा आयाेग उप-प्रमुखमा गुणराज खनाल र सचिवमा धिरज उपरकाेटी चयन भएका छन् ।
अध्यक्षमा पुष्प वली सर्वसम्मत चुनिएका छन् । जेठ १८ गतेदेखि चलेको राष्ट्रिय सम्मेलनको छैटौं दिन वाइसिएलले महासचिवमा गणेश शाहीलाई सर्वसम्मत चयन गरेको हो ।
वाइसिएलमा यसअघि ६१ पदाधिकारी र तीन आयोग (लेखा, निर्वाचन र अनुशासन) सहित ३५१ सदस्यीय केन्द्रीय कमिटी थिया े।
यसपालि सर्वसम्मत नेतृत्व चयन गर्दा १० जना पदाधिकारी थप ६१ बाट ७१ पुगेको छ ।


