फाईल तस्बिर : गाेरखा सदरमुकामा नियमित चेकजाँच गर्दै ट्राफिक प्रहरी
गोरखा । बर्षेनी हुने ट्राफिक सप्ताह कार्यक्रम गोरखामा भोलिदेखी सुरु हुने भएको छ ।
गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कास्की र गोरखा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले भोलीदेखी ‘प्रदेश स्तरीय ट्राफिक सप्ताह’ सुरु गर्न लागेको प्रहरी नायव निरिक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।
जेठ २५ गते आइतबारदेखी सुरु हुने सप्ताह जेठ ३१ गते शनिबार विशेष कार्यक्रम सहित समापन हुने उनले बताए ।
सप्ताहको पहिलो दिन भोली सदरमुकामको खेलकुद मैदानदेखी सुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिमा आएर प्रमुख अतिथीले हेलमेट लगाएर उदघाटन गर्ने कार्यक्रम रहेको प्रहरी सहायक निरिक्षक बसन्त पौडेलले बताए ।
पौडेलका अनुसार सप्ताहको दोस्रो दिन जेठ २६ गते सोमबार स्वयंम सेवक परिचालन गरेर प्रशिक्षण दिने कार्यक्रम रहेको छ भने तेस्रो दिन जेठ २७ गते ग्रामिण क्षेत्र लक्षित कार्यक्रम राखिएको छ ।
सप्ताहको चौथों दिन जेठ २८ गते सडक प्रयोग कर्ताहरुको प्रशिक्षण राखिएको छ । पाँचौं र छैठौं दिन अर्थात जेठ २९ र ३० गते जिल्ला भित्र चल्ने सवारी साधनका चालक र सह–चालकहरुलाई प्रशिक्षण र स्वास्थ्य परिक्षण गराउने कार्यक्रम तय भएको छ ।
सप्ताह अन्तको दिन जेठ ३१ गते जिल्ला भित्र क्रियाशिल सञ्चारकर्मीहरु संग अन्तक्रिया गरी साँझ दिप प्रज्वलन गरी समापन गर्ने कार्यक्रम तय गरिएको प्रसनि पौडेलले जानाकारी दिए ।




















