झापा । अर्जुनधारा नगरपालिका–११ मा रहेकाे बनभित्रकाे पोखरीमा डुबेर २ जना बालकको ज्यान गएको छ ।
नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक एवंसूचना अधिकारी खगेन्द्र खड्काले पुष्टी गरेकाे हाे ।
उनका अनुसार ति बालकहरु आज बिहान ८ बजे पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए ।
स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्याएका थिए । तर, डाक्टरले उनीहरुलाई मृत घोषणा गरेको सूचना अधिकारी खड्काले बताए ।


