गोरखा । मानव सेवा आश्रमको ‘सार्थक साझेदारी यात्रा–२०८२’ अन्तरर्गत हिजाे गाेरखा सदरमुकाममा भएकाे प्रतिबद्वता कार्यक्रममा गोरखाका ११ वटै स्थानिय तहले सकेकाे सहयाेग गर्ने प्रतिबद्वता ब्यत्त गरे ।
जिल्ला समन्वय समिती गोरखाकाे आयाेजनामा र मानव सेवा आश्रमले गोरखा सदरमुकामकाे समन्वयकाे सभा हलमा आयोजित ‘सार्थक साझेदारी यात्रा–२०८२’ मा गाेरखा सबै स्थानिय तहहरुले प्रतिबद्वता जाहेर गरेका हुन् ।
पूर्व उप–प्रधानमन्त्री तथा गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समन्वयका प्रमुख माेहनबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
प्रमुख अतिथी श्रेष्ठकाे १० मिनेटकाे भाषणमा उनले आश्रमकाे गुणगान मात्र गरेका थिए । उनले सरकारले गर्नुपर्ने याे काम आश्रमले गरेकाे भन्दै याे काम असाधारणीय भएकाे समेत बताए ।
कार्यक्रममा आरुघाट गाउँपालिका बाहेक सबै तहका प्रमुख तथा उप-प्रमुखकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमका केही तस्बिरहरु हेराैं :
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा
धार्चे गाउँपालिकाका कार्यबाहक अध्यक्ष सुनिला गुरुङ
भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जारा
बारपाक सुलिकोट गाउँपालिकाका उपाध्यक्ष सनमायाँ गुरुङ
शहिद लखन गाउँपालिकाका उपाध्यक्ष ईन्दिरा तिवारी
गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना
सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटा
अजिरकोटका अध्यक्ष दिपक देवकोटा
गोरखा नगरपालिकाको तर्फबाट वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्का
कार्यक्रम उद्घटनका क्रममा पालुङटार नगरपालिका मेयर विवश चिन्तन, प्रमुख अतिथी नारायणकाजी श्रेष्ठ र समन्वय प्रमुख माेहनबहादुर थापा मगर
तस्बिर : मावन सेवा आश्रम












