काठमाडाैं । आज देशका धेरै ठाउँको मौसम सफा छ । कोशी र बागमती प्रदेशसहित देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।
कोशीका धेरैजसो भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ ।
कोशी प्रदेशका थोरै ठाउँ तथा अरू पहाडी क्षेत्रकाे केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी नै आउने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएकाे । आज उच्च–पहाडी तथा हिमाली केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


