एजेन्सी । अमेरिकामा ४ जना नेपाली मृत फेला परेका छन् । मृत्तक मध्य २ बालबालिका र २ जना बयस्क नेपाल मृत भेटिएका हुन् ।
भर्जिनियाको मानेसार पार्क नजिक घरमा २ बालबालिका, १ महिला र १ पुरुष बिहीवार मृत भेटिएकाे एनबीसी वासिङ्टन न्यूज-४ ले जनाएकाे हाे ।
ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीया बालिका रहेका छन् ।
उनीहरुको गोली लागेर ज्यान गएको पाइएको छ । मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनापछि छिमेकीले मृतकहरू झन्डै ६ महिना अघि त्यहाँ बसाइ सरेर पुगेको जानकारी दिएका छन् । घटनाको अनुसन्धान चलिरहेको र थप विवरण प्राप्त हुन सकेको छैन ।


