बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भिषण आगलागी भएकाे छ । आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् ।
आगलागीकाे यंकिन विवरण भने आउन बाँकी रहेकाे बाजुरा प्रहरीले जनाएकाे छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको मेयर राम बहादुर बानियाँले बताए ।
बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर बिष्फाेट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आगलागी दिउँसो ३:५५ बजेबाट भएकाे थियो । आगाे नियन्त्रणमा लिने प्रयास जारी छ ।
तस्बिर : सामाजिक सञ्जाल




















