×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मानव सेवा आश्रमको ‘सार्थक साझेदारी यात्रा–२०८२’ मा गोरखाको सबै स्थानिय तहको प्रतिबद्वता

  •  गोरखा समाचार
  • शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाका ११ वटै स्थानिय तहले मानव सेवा आश्रमको ‘सार्थक साझेदारी यात्रा–२०८२’ मा प्रतिबद्वता जाहेर गरेका छन् ।

    जिल्ला समन्वय समिती गोरखा र मानव सेवा आश्रमले गोरखा सदरमुकाममा आज आयोजित ‘सार्थक साझेदारी यात्रा–२०८२’ मा सम्वन्धित स्थानिय तहहरुले प्रतिबद्वता जाहेर गरेका हुन् ।

    पूर्व उप–प्रधानमन्त्री तथा गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले मानव सेवा आश्रमले नेपालमा असाधारणीय कार्य गरेको भन्दै सबैले साथ दिनुपर्नेमा जोड दिए ।

    प्रमुख अतिथी श्रेष्ठले आफ्नै पार्टीको सरकार भएको बेला नेपाललाई २०८२ साल भित्रै नेपाललाई सडक मानव मुक्त देश घोषणा गर्ने अठोट गरेको बताए । ‘मानव सेवा आश्रमले असाधारणीय कार्य गरेको छ । म यसको प्रसंशा गर्न चाहान्छु’ उनले भने, ‘हाम्रो सरकार तत्कालिन सम्माननिय प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ भएको बेलामा हामीले नै घोषणा गरेका हौ, नेपाललाई २०८२ सम्ममा सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणा गर्ने ।’

    प्रमुख अतिथी श्रेष्ठले आश्रमको धोषणा पत्रमा नै उल्लेख गरे अनुसार नै नेपाललाई २०८२ सम्ममा सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणा गर्ने धोषणा गरेको स्मरण गराउदै सोही सरकारको पालामा निती तथा कार्यक्रममा समेत समावेश गराएको बताए ।

    प्रमुख अतिथी श्रेष्ठले आश्रमले सदरमुकाममा बनाएको भवनको लागी सबै पालिकालाई एक पटक मन खोलेर सहयोग गर्न अनुरोध समेत गरे ।

    समितीका प्रमुख मोहनबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा समितीका उप–प्रमुख लिला परियार, पालुङटार नगरपालिका मेयर विवश चिन्तन, चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जारा, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटा, अजिरकोटका अध्यक्ष दिपक देवकोटा, धार्चे गाउँपालिकाका कार्यबाहक अध्यक्ष सुनिला गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका उपाध्यक्ष सनमायाँ गुरुङ, शहिद लखन गाउँपालिकाका उपाध्यक्ष ईन्दिरा तिवारी र गोरखा नगरपालिकाको तर्फबाट वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्काले कार्यक्रममा प्रतिबद्वता ब्यत्त गरेका थिए ।

    कार्यक्रममा आरुघाट गाउँपालिकाको भने अनुपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, प्रहरी उपरिक्षक भरतबहादुर विक, राष्ट्रिय अनुसन्धानका प्रमुख हुमनाथ पाण्डे, सशस्त्र प्रहरी प्रमुख केशव ओलियाँ, सामाजिक बिकास कार्यालयका प्रमुख, गोरखा चेम्बर अफ कर्मशका अध्यक्ष रामस्वरुप श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष भगवानबावु मास्के, संविधान सभा सदस्य एवं नेकपा माओवादी गोरखाका ईन्जार्च अमर तमु तथा अन्य सरोकार वालाहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले गोरखा जिल्ला समग्रमा आश्रमले गरिरहेको कामको बारेमा जानकारी गराएका थिए ।

    आश्रमको गोरखा शाखा स्थापना भएदेखी अहिलेसम्म १४० जनाको उद्वार भएकोमा ३९ जनाको पारिवारीक मिलन गराई सकिएको हाल ४२ जना बालबालिका आश्रीत रहेको अध्यक्ष अधिकारीले जानकारी गराएका थिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.