सप्तरी । गए राती सप्तरीमा लुटपाट गर्न गएका डाँका समूहको प्रतिकार गर्दा गाेली लागेर १ जनाको ज्यान गएको छ भने अर्का १ जना घाइते भएका भएका छन् ।
डाँका समूहले चलाएको गोली लागेर सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टी गरेकाे हाे ।
मृत्तक कान्तालालका भाइ रामाकान्त भने घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
गएराति झन्डै १ बजेको समयमा ४/५ जनाको समूहले चौधरीको घरमा लुटपाट गर्न थालेपछि उनीहरुले प्रतिकार गरेका थिए । लुटपाटको प्रतिकार गर्दा धारिलो हतियार प्रहारबाट घाइते भएका चौधरीलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको थियाे ।
उनको घरबाट डाँका समूहले ५ तोला सुन, २ किलो चाँदी र ६० हजार नगद समेत लुटपाट गरेकाे प्रहरीले जानकारी दिएकाे छ । घटनास्थलबाट प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका फेला पारेको जनाउकाे छ ।


