गाेरखा । सप्तकाेशी नदीका हिजाे मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासका क्रममा बेपत्ता २ जना मध्य १ जना जवानकाे मृत्त शरिर शुक्रबार बिहानै फेला परेकाे छ ।
शुक्रबार बिहान खोजिकार्य गर्दा जवान हरदेब राजबंशिको शब घटना स्थलबाट करिब ३ किलोमीटर दक्षिणमा मृत अबस्थामा फेला परेकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार हिजाे बेपत्ता भएका दुवै जनाकाे खाेजी गोताखोरको टाेलीले शुक्रबार बिहानैदेखी शुरु गरेकाे थियाे ।
हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी , दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्वर ७ गण सिरहाबाट सहित संयुक्त टोलीद्धारा बिहिबार बिहान ७:४५ बजे अभ्यास शुरु भएको थियो ।
तालिमकै क्रममा बिहीबार दिउँसो १५:१० बजे नं. १ श्रीअन्तु गण ईलाम दरवन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदिमा बेपत्ता भएका थिए ।
बेपत्ताहरुकाे खोजी तत्कालै भएता पनि हिजाे रात परेपछी आज बिहान दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि बिजय हमालको कमान्डमा ४ जना गोताखोर सहित ३५ जना र नं. ६ गण सप्तरी बाट बिपद् ब्यबस्थापन तालिम प्राप्त सहित डिएसपि बिपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको सह-प्रबक्ता थापाले बताए ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट गोताखोरका अनुभबी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारिको कमान्डमा ५ जना गोताखोरलाइ बिहिबार राती १०:४५ बजे त्यस तर्फ गएकाे पनि उनले जानकारी दिए ।
२०६९ सालमा बंगलादेश बाट गोताखोर तालिम लिएका भन्डारी त्यस यता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक समेत हुन् ।
यो तालिम नभइ मनसुनजन्य बिपद् उद्दारको पुर्ब तयारी स्वरुप गरिएको सिमुलेसन अभ्यास भएकाे पनि सह-प्रबक्ता थापाले बताए । यस प्रकारका अभ्यास अहिले देशै भरिनै चलिरहेकाे छ ।
बेपत्ता भएका दुबै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेकाे पनि सशस्त्र प्रहरी बल नेपालले जनाएकाे छ ।


