गाेरखा । खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरीका २ जना जवान सप्तकोशी नदीमा बेपत्ता भएका छन् ।
आज दिउँसो ३:१५ बजे कोशी ब्यारेज नजिकैबाट २ जना जवान हरिदेव राजवंशी र सुरज साउद नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
उनका अनुसार बेपत्ता जवानहरुकाे खोजी कार्य भइरहेको छ ।


