फाईल तस्बिर
काठमाडौं । पतञ्जली योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले आज मुद्दा दर्ता गरेको हो ।
आयोगले मुद्दा दायर गरेको नामावली :
तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह
तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ
तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे
भूमिसुधार सचिव छविराज पन्त
तत्कालीन सह-सचिवहरु जितबहादुर थापा र लालमणि जोशी
तत्कालीन कानुन उप-सचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, राजाराम थापा
तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ
तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल
तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की
तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार, केदारनाथ भट्टराई
खरिदार मोहनराम शर्मा
मालपोत अधिकृत जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी
नायब सुब्बा विनोद कोइराला
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ ।



