काठमाडाैं । नेपाली बजारमा साताकाे पाँचाैं दिन आज सुनकाे भाउ बढेको छ ।
सुनको भाउ ताेलामा ५०० रुपैयाँले बढेर तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएकाे छैन । चाँदी हिजाेकै मूल्यमा ताेलाकाे २ हजार ७५ रुपैयाँमा काराेबार भएकाे महासङ्घले जनाएको छ ।



