गोरखा । संघ सरकारले आव २०८२÷०८३ को लागी गोरखाको ११ स्थानीय तहहरुलाई ४ अर्ब ७८ करोड रुपैँया अनुदान दिएको छ ।
संघको अन्तर सरकारी वित्तीय हस्तान्तरण कार्यक्रम अन्तरगत जिल्ला भित्रका स्थानिय तहलाई उक्त रकम अनुदान दिएको हो ।
पालिकाको पूर्वाधार विकास, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षा शिर्षकहरुमा उक्त रकम आउने भएको छ ।
संघबाट प्राप्त हुन उक्त रकममा जिल्लाको चुमनुब्री गाउँपालिकाले सबैभन्दा कम र गोरखा नगरपालिकाले सबैभन्दा बढी रकम प्राप्त गर्ने छन् ।
चिनको सिमाना संग जोडिएको बिकट उत्तरी क्षेत्रको चुमनुब्री गापाले २३ करोड ३० लाख, धार्चे गाउँपालिकाले ३० करोड १५ लाख रुपैयाँ अनुदानमा पाउने छन् ।
त्यस्तैगरी, अजिरकोट गाउँपालिकाले ३० करोड ७३ लाख पाउने छ भने शहिदलखन गाउँपालिकाले ४१ करोड २८ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
उता आरुघाट गाउँपालिकाले ४३ करोड ८१ लाख रुपैयाँ, बारपाक सुलिकोट गाउँपालिकाले ४४ करोड ६० लाख रुपैयाँ, भिमसेन थापा गाउँपालिकाले ४४ करोड ६२ लाख रुपैयाँ पाउदा गण्डकी गाउँपालिकाले भने ४६ करोड २४ लाख रुपैयाँ पाउने छ ।
त्यस्तैगरी, सिरानचोक गाउँपालिकाले ४७ करोड ३३ लाख रुपैयाँ पाउदा संगै रहेको पालुङटार नगरपालिकाले ५९ करोड ६६ लाख र सदरमुकाममा रहेको गोरखा नगरपालिकाले भने ६६ करोड ८१ लाख रुपैयाँ अनुदानमा पाउने निश्चित भएको छ ।



