काठमाडाें । केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि भेलबाढी आउनेगरी तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।
साता दिन अघि गएको बिहीवार राति पूर्वी भेगबाट मनसुन शुरू भएको थियो । शुरुवातमै सक्रिय भएको मनसुन अहिले भने केही निष्क्रिय रहेको छ र कोशी प्रदेशमा मात्रै सीमित छ । मनसुन सक्रिय हुन र अरु प्रदेशमा फैलिन केही दिन लाग्ने महाशाखाले जनाएकाे हाे ।
आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


