काठमाडाैं । साताकाे चाैथाें दिन आज नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ ।
सुनको भाउ ताेलामा ५०० रुपैयाँले बढे संगै तोलाको १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



