काठमाडाैं । साताकाे तेस्राे दिन आज नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ ।
सुनको भाउ बढे संगै तोलाको १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



