कञ्चन घले/इराक । इराककाे विभिन्न शहरमा रहेका नेपालीहरुलाई सेवा दिने उद्धेश्य सहित घुम्ती शिबिर संचालनमा आएकाे छ ।
बग्दादमा रहेकाे नेपाली दुताबासले यहाँ बसाेबास गर्ने नेपालीहरुकाे सेवाकाे लागी घुम्ती शिविर संचालनमा ल्याएकाे हाे ।
४ दिनसम्म चलने शिविरमा राहदानी नविकरणकाे मुख्य काम हुने दुतावासले जनाएकाे छ । प्रेमराज गाैतम र नविन पराजुलीकाे समूहले राहदानीकाे नविकरणकाे काम गरिरहेकाे बग्दादका एनआरएन अध्यक्ष बिनाेद श्रेष्ठले बताए ।
पहिलाे पटक संचालनमा आएकाे शिविरमा धेरैभन्दा धेरै नेपालीले सेवा लिन सक्ने अपेक्षा राखिएकाे अध्यक्ष श्रेष्ठले बताए ।




















