गाेरखा । सरकारले ७ वर्षअघि सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्यको घोषणा गरे पनि यातायात व्यवसायीले फेरि सिन्डिकेटलाई ब्युँत्याउने प्रयास गरेका छन् ।
सरकार र यातायात व्यवसायी सम्मिलित कार्यदलको गएराति अबेरसम्म भएको छलफलमा ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएको थियाे ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वकै सरकारले सार्वजनिक यातायातमा एकाधिकार तोड्न भन्दै २०७५ साल वैशाखमा सिन्डिकेट अन्त्यको घोषणा गरेको थियो ।
रातो नम्बर प्लेटका गाडीले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका छन् ।
तर गाेरखा सदरमुकाममा देखिएकाे केही दृष्यले भने तपाई हामीलाइ त्रसित बनाउन सक्छ । सार्वजनिक सवारी नचलाउने निर्णय गरेर निजी सवारी राेक्ने र यात्रुलाइ त्रसित पार्ने काम गाेरखा सदरमुकाममा देखिएकाे थियाे ।
हिजाे साेमबार गाेरखा सदरमुकामकाे लाेकतान्त्रिक चाेकमा जम्मा भएका ब्यवसायी र मजदुरहरुले निजी सवारीमा आउ जाउ गरेकाहरुलाइ सवारी राेक्ने र तर्साउने काम गरेका थिए ।
प्रहरीले तत्कालै स्थितीलाई नियन्त्रणमा लिएर निजी सवारीलाई सहजता प्रदान गरेकाे थियाे । रक्सीले मातेका भारी बाेक्ने मजदुर समेतले निजी सवारीमा यात्रा गरीरहेका यात्रुलाई धम्काउने देखी सवारीमा मुक्का हान्ने काम समेत गरेका थिए ।
आन्दाेलनका नाममा उनीहरुले दैनिक उपभाेग्य बस्तु बाेकेका सवारीहरुलाई समेत अबराेध गरेका थिए । तरकारी, ग्यास तथा अन्य सामान लिएर आउ जाउ गरेका सवारीलाई अबराेध गर्न थाले संगै प्रहरीले मजदुर र ब्यवसायीहरुलाई हस्तक्षप गरेर तिररबितर गराएका थिए ।
उनीहरुले सरकारी काममा अनुगमनका हिडेका सरकारी अधिकारीहरुकाे सवारीलाई समेत अबराेध गरेर फिर्ता गराएका थिए ।








