गोरखा । अजिरको गाउँपालिकाको एक बिद्यालयको ल्यापटप र अन्य सामाग्री चोरी गरेको आरोपमा हंसपुरका १ जना युवकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–३ हंसपुरका १९ बर्षिय युवक अर्जुन परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार जेठ १५ गते मंगलबार लप्सिबोटमा रहेको ज्ञानज्योती माध्यामिक बिद्यालयको २ थान ल्यापटप, ल्यापटपको चार्जर १ थान, स्पिकर १ थान, प्रोटेवल डिभाइस २ थान र टर्च लाइट २ थान चोरी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको हो ।
बिद्यालयको चोरी भएको सामान सहित प्रहरीले परियारलाई पक्राउ गरेर चोरी मुद्वा दर्ता गराएको छ । जेठ १९ गते गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी सुवेदीले बताए ।



