कावासाेती। नवलपुरमा आज बिहान भएकाे दुर्घटनामा परी १ जना चालकको ज्यान गएको छ।
सोमबार बिहान ८:३० बजे नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौली चोकस्थित पूर्व-पश्चिम राजमार्गमा बिरामी बोकेको एम्बुलेन्स र विद्यालयको भ्यान एक आपसमा ठोक्किदा स्कुल भ्यानका चालक देवचुली नगरपालिका-१ का बस्ने ५२ वर्षीय कुलप्रसाद सुवेदीको ज्यान गएकाे प्रहरीले पुष्टी गरेकाे हाे ।
दुर्घटनामा गभिर घाईते भएका चालक सुवेदीकाे उपचारकाे क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा आज बिहान ९:२० बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
बुटवलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र दुम्कौली जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थी बोकेको भ्यान आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएकाे छ ।


