काठमाडौं । उपत्यकामा सार्वजनिक सवारी साधन बन्द भएपछी सर्वसाधारणलाई परेकाे असुबिधालाई मध्य नजर गर्दै यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले बस संचालन गरेको छ ।
सशस्त्र प्रहरीले २ वटा बस विभिन्न रुटमा संचालनमा ल्याएकाे सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट स्वायम्भु-कलंकी-कालिमाटी-त्रिपुरेश्वर-रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल भएकाे छ भने अर्को बस स्वयम्भु-कलंकी-सातदोबाटो-कोटेश्वर-महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गरिरहेकाे छ ।
सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको सह-प्रबक्ता थापाले जानकारी दिए ।




















