काठमाडाैं । नेपाली बजारमा साताकाे दाेस्राे दिन आज सुनको भाउ ताेलामा १ हजार रुपैयाँले बढेको छ ।
सुनको भाउ १ हजार रुपैयाँले बढेर ताेलाकाे १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ पनि ताेलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।



