राजु लामा/कतार । गोरखा सेवा समाज कतारको १३औ अधिबेशन सम्पन्न भएकाे छ । हालै सम्पन्न अधिवेशनले अध्यक्षमा बिकास श्रेष्ठलाई चयन गरेकाे छ ।
ओमराज गुरुङले अध्यक्षता भएको उक्त अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन संग्रौला, उपाध्यक्षहरुमा राजेन्द्र पराजुली र रामचन्द्र गिरि, महासचिवमा रुद्र बहादुर भट्ट, सचिबमा पवन गुरुङ र पुर्ण बहादुर गुरुङ, काेषाध्यक्षमा अशोक श्रेष्ठ र सह काेषाध्यक्षमा दिनेश थापा चयन भएका छन् ।
त्यस्तैगरी, नगरपालिका तथा गाउँपालिका संयोजकहरुमा पालुङटार नगरपालिकाे संयाेजकमा नन्दलाल श्रेष्ठ, सिरानचोक गाउँपालिकाकाे संयाेजकमा सुर्य बहादुर गुरुङ, अजिरकोटमा राजु गुरुङ, शहिदलखनमा दिपक बि.क, सिरानचोकमा सुर्य बहादुर गुरुङ, अजिरकोटमा राजु गुरुङ र आरुघाट गाउँपालिकामा रश्मि गुरुङ चयन भएका छन् ।
साेही अधिवेशनले केन्द्रिय सदस्यहरुमा दुर्गा भुजेल, मालती गुरुङ, मदन बखाती र प्रदिप मल्ल ठकुरीलाई सर्व सम्मत रुपमा चयन गरेकाे छ ।
कार्यक्रम ग्लोवल गोरखा समाजका उपाध्यक्ष एवं गैर आबसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको एकता महाधिवेशनबाट निर्वाचित मध्यपुर्व क्षेत्रीय उपसंयोजक तथा गोरखा सेवा समाज कतारको प्रमुख संरक्षक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा भएकाे थियो ।
कायक्रममा गाेरखा सेवा समाज कतारका संमक्षक द्वय बुधबल गुरुङ र राकेश श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।


