चितवन । उच्च गर्मी संगै अण्डाकाे उत्पादन घट्न थाले पछी मूल्य बढेको छ । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेटको ४८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा ४६५ र मझौला ४३५ तोकिएको छ ।
यसअघिको भन्दा प्रतिक्रेटमा १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् ।
चर्को गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको सङ्घले जनाएकाे छ । गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने गर्दछ । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन् ।
पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ ।



