साँकेतिक तस्बिर
चाेरमारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारा, दुम्किबास र दाउन्नेमा वैकल्पिक सडक बाढीले बगाएपछि यातायात ठप्प भएको छ ।
गएरातिको वर्षासँगैको बाढीले सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प भएको हो ।
बर्दघाट बजार नजिकै खुर्सानी खोलामा ५ दिनअघि बनाइएको वैकल्पिक सडक बाढीले बगाएको छ ।
यस्तै दुम्किबासको विनयी खोलामा पनि वैकल्पिक सडक बगाइदिएको छ । चोरामाराको फलामे पुल भाँच्चिएपछि बनाइएको अस्थायी सडक पनि बगाएको छ ।
सडक बन्द भएपछि गाडी र यात्रु चोरमारा र बर्दघाटमा रोकिएका छन् । सडक बनाउने काम भइरहेको र अबको केही घण्टाभित्र सडक खुलाउने गरी काम भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।


