फाईल तस्बिर
गोरखा । गण्डकी प्रदेशमा निजी सवारी साधनले पनी सार्वजनिक सरह सेवा दिन पाउने भएपपछी बिरोध स्वरुप भोलीदेखी अनिश्चितकालिन सेवा बन्द गरिने भएको छ ।
प्रदेश भित्रका विभिन्न सार्वजनिक सेवा कम्पनीहरुले सार्वजनिक सूचना नै जारी गर्दै सवारी धनी र स्टाफहरुलाई आफ्ना सवारी साधान घर ग्यारेज गर्न भनेको हो ।
यता गोरखा जिल्लामा सेवा दिने गोरखा दरौदी यातायात सोव कम्पनी प्रालिले सूचना जारीगर्दै ‘गण्डकी प्रदेश सरकारले मिति २०८२/०१/३१ गते दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे रातो नम्बर प्लेटका निजी सवारी साधनहरुलाई सार्वजनिक भाडाका सवारी साधन सरह यात्रु ओसार पसार गर्न पाउने गरि राजपत्रमा सुचना प्रकासित गरेको’ भन्दै, ‘सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा ८(२) ले निजी सवारी यातायात सेवाको लागी प्रयोग गर्न पाईने छैन’ स्मरण गराएको छ ।
यातायात ब्यवस्था ऐन २०४९ को ‘दफा १२(१) ले कुनै प्रयोजनको लागी दर्ता भएको सवारी अर्को प्रयोजनको लागी प्रयोग गर्न पाईने छैन भन्ने ऐनको ब्यवस्थालाई समेत वे–वास्ता गरी गण्डकी प्रदेश सरकारले गरेको निर्णय प्रति देशैभरका विभिन्न समिति र सार्वजनिक यातायात बचाउ संघर्ष समिती–२०८२ गण्डकी प्रदेशको आब्हानमा भोली देखी प्रदेशभरी र जेठ १९ गतेदेखी नेपालभरी सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णयमा सहमती जनाउदै जिल्ला भित्र रहेको सबै ब्यवसायीहरुलाई आफ्नो सवारी साधन घरमा ग्यारेज गर्न भनेको छ ।
कम्पनीले सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिती–२०८२ ले जारी गरेको सूचना बमोजिम नै सवै सवारी साधन घर ग्यारेजमा राखेर आन्दोलनमा सहभागी हुन समेत भनेको छ ।
कम्पनीले जारी गरेको सूचनामा बन्दबाट यात्रु बर्गमा पर्न जाने असुविधा प्रति क्षमा याचना गर्दछ भनेको छ ।



